काठमाडौं-राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याब्सनको सयुंक्त आयोजनामा असार १ गते जेष्ठ नागरिक माथिको दुर्व्यवहार बिरुद्द सचेतना बिषयक कबिता बाचन प्रतियोगिता हुने भएको छ । समाजमा जेष्ठ नागरिकको सम्मानको लागि आजैबाट ससाना बालबालिकालाइ अभ्यस्त गराउनको लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेशनल प्याव्सन अध्यक्ष खडग बहादुर बस्नेतले बताए ।
’जेष्ठ नागरिकहरु माथी कतिपय स्थानहरुमा अपमानजनक शव्दहरु प्रयोग भएको र आगामी दिनमा यस कार्यक्रमले यस्तो प्रकारको गलत काम रोक्न सघाउनेछ भने दिर्घकालिन सकारात्मक असर राख्नेछ’ बस्नेतले राज्य दैनिक एवम् न्यजलाइन्ससँग कुरा गर्दै भने ।
एन प्याव्सन काठमाण्डौ संचार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकहरु प्रति आजको व्यस्त समयमा मानिसहरुले समय दिन नसकेको उल्लेख गर्दै यस्तो कार्यक्रमले उनीहरुको सम्मान तथा हेरचाहमा आउने पुस्ताले केही सिक्न सक्ने बताए । साथै यो कार्यक्रम संस्कार सिकाउनका लागि समेत सफल रहने उल्लेख गर्दै उनले भने ‘हामी समाजमा ज्येष्ठ नागरिक प्रति अत्यन्तै आदर श्रद्धाभावले सम्मान गर्न तथा गरेको हेर्न चाहान्छौ यसको लागि एनप्याव्सनले सधै यसरी नै भुमिका खेल्नेछ, संस्कार बसाउन पनि यो नितान्त आवश्यक छ’ । कार्यक्रमका लागि जेठ २८ गते ४ बजे सम्म आफ्नो बिद्यालयको नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रम सफल बनाउन सहयोग गर्न समेत एन प्याव्सनले सदस्य विद्यालयलाई अनुरोध गरेको जानकारी दिएको छ ।
एन प्याव्सनले उपलब्ध गराएको कार्यक्रमको विवरण निम्न प्रकारको रहेको जनाएको छ । कार्यक्रम बिबरण प्रतियोगता हुने मिति :०७८ असार १ गते बिधा :कबिता बाचन कबिता क्षेत्र :जेष्ठ नागरिकलाइ हुने दुर्व्यवहार सम्वन्धी सन्देशमुलक बाचन समय :बढीमा ४ मिनेट सहभागी सिमाः कक्षा १० सम्मका भाइबहिनीहरु सहभागी संख्या :१ जना मात्र पुरस्कार :प्रथम नगद ८००० ट्रफी तथा प्रमाण पत्र,दितीय ः नगद रु ६००० ट्रफी तथा प्रमाण पत्र, तृतीय ः नगद रु ४००० ट्रफी तथा प्रमाण पत्र , चैथौ ४ जनालाइ जनही रु १००० र प्रमाण पत्र दर्ता गर्ने अन्तिम समय जेठ २८ गते दिनको ४ बजे भित्र थप जानकारीको लागि ९८५१२३७४६७ वा ९८५१०११६६९ कार्यक्रम काठमाडौ उपत्यकाव्यापी हुनेछ । राजन श्रेष्ठ –संचार विभाग प्रमुख अमृत खड्का –सचिब खडक बस्नेत– अध्यक्ष नेशनल प्याब्सन काठमाडौ
FACEBOOK COMMENTS