काठमाण्डौं — आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्यन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आइजीआई विद्यार्थी बीमालेख शुरु गरेको छ ।
उक्त बीमालेखको सुभाारम्भ कम्पनीका संचलक श्री प्रताप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गरे ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटृदै निर्जीबीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुकोलाई बीमा सुरक्षा प्रदान गर्ने हेतुले सुरु गरेको छ ।
यस बीमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छनै साथ साथै निजको माता पिताको पनि सुरक्षा प्रदान गर्नेछ ।
विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेखको शुरु गरिएको छ ।
FACEBOOK COMMENTS