काठमाडौँ -सुन्दर यातायातले आजदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ ।
उक्त यातायातले एक प्रेस विज्ञप्ति जारी गरी सरकारले बढाएको ५० प्रतिशत नलिएरै पुरानै भाडादरमा यात्रुलाई सेवा दिने जनाएको छ ।
चालक, सहचालक र यात्रुहरूको लागि सरकारले तोकेको मापदण्ड पूरा गर्दै सेवा दिने सो यातायातका प्रशासन प्रमुख सरिता गिरीले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS