काठमाडौं– मोरङमा स्थापना भएको आरती स्ट्रिप्सले फलामे डन्डीको उत्पादन थालेको छ।
जस्तापाता उत्पादन गरिरहेको यो उद्योगले तीन अर्ब रुपैयाँमा नयाँ डन्डी उद्योग स्थापना गरेको हो।
उद्योगबाट उत्पादित डन्डीको औपचारिक बिक्री वितरण सुरु भएको छ। उद्योगका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डी उत्पादन गर्छ। उद्योगले आरती पर्फेक्ट र आरती टाइगर ब्राण्डमा डन्डी उत्पादन गरेको छ।
यो उद्योगले यूरोपेली प्रविधिबाट डन्डी उत्पादन गर्छ। इटालीको एमएस ड्यानेलिईको मेशिनरी प्रयोग गरिएको र भूकम्प प्रतिरोधी डन्डी रहेको उद्योगको दाबी छ ।