काठमाडौं, बैशाख १७ -केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।
कोरोना महामारीका कारण अर्थतन्त्र ठप्प रहेकाले सरकारले सोचे अनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने विभागले बताएको छ । यसअघि गत आर्थिक वर्ष २०७५र७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो ।
कोभिड–१९ का कारण विश्व अर्थतन्त्रसहित नेपाली अर्थतन्त्रमा समेत प्रभाव परेकोले होटल र अन्तर्राष्ट्रिय यातयातलाई अध्ययन गर्दा सोको प्रभावका कारण आर्थिक वृद्धिद्धर २.२७ प्रतिशतमा खुम्चने विभागको प्रक्षेपण छ ।

विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्नु परेको विभागले जनाएको छ । कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ ।

बन्दाबन्दीका कारण सबैभन्दा धेरै होटल तथा रेस्टुँरा, यातायातजस्ता क्षेत्रमा गहिरो असर परेकोले जेठबाट क्रमश नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको तथ्यांकमा उल्लेख छ।

यता, विश्व बैंकले पनि सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा सीमित रहने प्रक्षेपण गरिसकेको छ।

सरकारले चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिद्धर ८।५ पुर्याउने लक्ष्य लिएको थियो