काठमाडौं, माघ ७- चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ९० करोड संचालन मुनाफामा कमाएको हो । बैंकले गत बर्ष सोहि अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत अर्थात् ७७ करोडले बढेको हो ।
त्यसै गरी बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशत अर्थात् ५० करोडले बढेको हो । गत बर्ष सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।
बैंकले यो अवधीमा एक खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७८.१८ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ गरेको देखिन्छ । ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भई ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भई २५.१७ प्रतिशत पुगेको छ ।
बैंकले ३१३ शाखा, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS