काठमाडौं, पुस ६ – नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरिएको जानकारी नेकपाका नेताहरु निर्वाचन आयोग गएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठक बसेर अध्यक्षबाट हटाउने तयारी भइरहेका बेला प्रचण्ड पक्षका नेताहरु आयोगमै गएर कारवाहीको पत्र बुझाएका हुन् ।
यसअघि आज बालुवाटार आफूनिकट नेता एवंम निवर्तमान् सांसदहरुसँगको भेलामा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्ने कुरा हास्यास्पद रहेको बताएका थिए ।
ओलीले आफूले हस्ताक्षर नगरेको कुनै निर्णयले बैधता नपाउने बताइरहेका बेलामा प्रचण्ड माधव समूहले आइतवारको स्थायी कमिटीले गरेको निर्णय आयोगलाई लिखित रुपमा जानकारी गराएका हुन् । यता प्रचण्डले आजै विज्ञप्ति जारी गरि ओलीलाई अनुशासनको कारवाही गर्न स्पष्टिकरण सोधिएको बताएका थिए ।
FACEBOOK COMMENTS