काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको
आयात भएको छ भने १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको निर्यात भएको छ ।
विभागका अनुसार जेठ मसान्तसम्म आयात २५.६७ प्रतिशतले बढेको छ भने निर्यात ३७.७८ प्रतिशतले बढेको छ । विभागका अनुसार र्गत आवको सोही अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपैयाँको आयात भएको थियो । यस्तै निर्यात पनि ३७.७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ८८ करोड ३१ लाख १० हजार रुपैयाँको निर्यात भएको थियो ।
११ महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक ब्यापारघाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार यो अवधिमा वैदेशिक व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS