काठमाडौ, श्रावण २३ – कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई साताको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।प्रशासनको निर्णय अनुसार जोरबिजोर प्रणालीलाइ पनि कडाइका साथ लागु गरिने छ । जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई पनि सिल गरिने छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ।महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।
उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने निर्णय भएको छ। बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ।