काठमाडौं – काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा स्वाब संकलन थालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार थानकोटको नागढुंगा, सांगा र फर्किङ नाकाबाट ४ हजार ८ सय १३ स्वाब संकलन थालिएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी थानकोट नागढुंगा नाकामा २ हजार ९ सय १४ जनाको स्वाब संकलन गरिएको छ । यस्तै सांगामा ९ सय ४४ र फर्किङ नाकामा ९ सय ५५ जनाको स्वाब संकलन गरिएको छ।डा।गौतमका अनुसार रिपोर्ट साउनसाथ जानकारी गराइनेछ।
यस्तै मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका ४८ र ललितपुरका ४ र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै कोरोना भाइरसबाट ४९ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS