काठमाडौं, फागुन १४ –काठमाडौंको तारकेश्वर नगरपालिकाका फार्ममा पालिएका कुखुरामा फेरि बर्डफ्लु देखिएको छ । यो क्षेत्रका व्यावसायिक फार्मका कुखुरामा बर्डफ्लु देखिएपछि तारकेश्वर नगरपालिका–१, साङ्लाफाँटमा बिहीबार १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको थियो ।
यसअघि, गएको माघ १८ गते तारकेश्वर नगरपालिकाका साङ्लेखोला, फुटुङ क्षेत्रका व्यावसायिक फार्ममा पालिएका हाँस र टर्कीमा बर्डफ्लुको एच वान एन एट जाति भएको पुष्टि भएको थियो । अहिले देखिएको प्रजातिबारे अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाले यी क्षेत्रमा कुनै पनि पक्षीको शंकास्पद मृत्यु भएमा, पक्षीको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, रुघाखोकीको लक्षण देखिएमा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन तथा लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहन सुझाएको छ ।बर्डफ्लुको संक्रमणबाट जोगिन आफूले पालेका पक्षीको हेरचाह गर्दा सुरक्षाकवच अपनाउन र पक्षीको मासु तथा अन्डा राम्रोसँग पकाएर खान महाशाखाले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS