काठमाण्डौं– कामना सेवा विकास बैक प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेत नियुक्त भएका छन्।
बैंक सञ्चालक समतिको २६५ औं सञ्चालक समितिको बैठकले बस्नेतलाई फागुन ०१ गते देखि लागू हुनेगरि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि बस्नेत कामना सेवा विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए।
गत मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेतलाई यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए ।
FACEBOOK COMMENTS