काठमाडौं, भदौ ४ – पछिल्लो समय कोरियामा फेरी कोरोना को संक्रमण देखा परेको छ । कोरियामा नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा फेरी फैलिएको छ।
जनस्वास्थ्यविद्ले कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने आशंका ब्यक्त गरेका छन् ।
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । कोरियाका कुनै एक शहर मात्र सिल गरेर कोरोना नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।
हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।
FACEBOOK COMMENTS