काठमाडौं, बैशाख ७ – कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गुमाएका छन् भने ८१ हजार २८७ भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण हाल सम्म अमेरिकामा सबै भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा ७ लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS