काठमाडौं, २६ कार्तिक – धरानमा कोरोनाभाइरसको संक्रमणबाट एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ विजयपुरका श्रीमान र श्रीमती रहेका छन् ।
कोरोना संक्रमित भएका उनीहरुको ३ दिनको फरकमा मृत्यु भएको हो । कोरोना संक्रमित ६७ वर्षीय श्रीमतीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याएपछि मृत्यु भएको जनाइएको छ ।
श्रीमतीको मृत्यु भएको तीन दिन पछि ७४ बर्षीय श्रीमानको आज बिहान मुत्यु भएको जनाइएको छ । कात्तिक २१ गते स्वाब संकलन गरिएकोमा कात्तिक २३ गते कोरोनासंक्रमण पुष्टि भएको जनाइएको छ ।
FACEBOOK COMMENTS