काठमाडौं ,कार्तिक १२ – वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मंगलबार मृत्यु भएको छ। कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका उनी संक्रमणमुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।
कोरोना निको भएर घरमै आराम गरिरहेका सिंहको स्वास्थ्य सोमबार अचानक बिग्रिएको थियो। सोमबार राती पेट दुख्न सुरु भएपछि उनलाई वीर अस्पतालमा ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको हो।
कोरोना निको भए पनि उनको स्वास्थ्यमा आएको अर्को समस्याका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
वीर अस्पतालकै कार्डियो ओपिडीमा कार्यरत प्राविधिक सिंहलाई कोरोना संक्रमणभएपछि लामाे समय आइसियुमा राखेर उपचार गरिएको थियो। संक्रमणमुक्त भएपछि उनलाई गत साता मात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
सिंह नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष थिए।
FACEBOOK COMMENTS