डिएन घिसिङ,
खेलकुदमा बिशेषत:शारीरिक,मानसिक र भावनात्मक परिपक्वताको डिग्री मापन हुन्छ । खेलकुदमा सकृयता र उमेरलाई निकै महत्वका साथ हेरिएको हुन्छ।सापेक्ष उमेरमा जैविक परिपक्वता साथै प्रदर्शन कलामा निखारता र परिपक्वता पाइन्छ।प्रतिभाशाली खेलाडीहरु उमेर समुहबाट पहिचान हुने अन्तर्राष्ट्रिय सोधले समेत पुस्टी गरेको छ।
खेलाडीको प्रदर्शनमा उच्च वा गिर्दो प्रदर्शनले शारीरिक अवस्था एकातिर रहेता पनि उमेरसँगै मनोबिज्ञानमा समेत प्रभाव हुने तथ्य प्रकाशमा आएको छ।अमेरिका स्थित अर्गान विश्वविद्यालयका प्राध्यापक कृस्टोफर मिन्सनको अनुसन्धनात्मक सोधमा जनाईए अनुसार उमेरले कसरी खेल प्रदर्शनमा असर गर्छ भन्ने बिषय सरल रुपमा ब्याख्या गरिएको छ।जसमा सामन्यातया: अक्सिजनको उपयोग र शक्ति सन्तुलनमा औसत उमेरकाको प्रभाव प्रबल रहने उल्लेख छ । सापेक्ष उमेरले कौशलतापूर्वक दक्षताका साथ खेल विकास र सुधार गर्न शाररीक भुमिका उच्च रहनुका साथै मस्तिष्कले नियन्त्रण गर्न पनि प्रेरित गरिराखेको हुन्छ।
सामान्यतया: अभ्यासमा भन्दा विशिष्ट प्रशिक्षणमा सहभागी हुने फरक उमेरका प्रतिस्पर्धी बीच पनि क्षमता निखारताको सवालमा फरकपना रहने तथ्य प्रकाशमा आएको छ।जस्तो उच्च स्तरको शक्ति वा शक्ति आवश्यक पर्ने खेलमा मांसपेशीको सुदृढले समेत प्रभाव दिने गर्दछ।शरीरको रचनामा समेत सापेक्ष उमेरको अवस्थामा बढी प्रभाव हुने अध्ययनले देखाएको छ।प्रदर्शनमा एकरुपता ल्याउन आधुनिक खेलकुदमा उमेर वर्गीकृत विधिहरूको प्रयोग ब्यापकरुपमा अपनाइएको छ।यसले खेलको स्तरीयतामा मात्रै हैन उच्चस्तरीय ब्यक्तित्व र शारीरिक रुपमा सबललाई छनौट गर्ने कार्यमा समेत सघाउ पुर्याउन मद्धत गरिराखेको हुन्छ।
यसका लागि उमेर समुहको पहिचान गर्न बैज्ञानिक बिधि समेत अबलम्बन गरेको पाईएको छ।उचित उमेरको पहिचान गर्न रगत वा दाताको नमुना सहायता लिने बिधि समेत प्रभावकारी भएको छ।यस्ता आधुनिक बिधिले खेलाडीको प्रदर्शनमा न्याय गर्न सघाउ पुर्याईराखेको हुन्छ।उमेर कारक र खेल मनोविज्ञान सकारात्मक सोच र लक्ष्यप्रतिको बिश्वास परिकल्पना गर्न सापेक्ष उमेरले अर्थ बोकेको हुन्छ।खेल मनोबिज्ञानको स्तरमा उन्नतिको सशक्त भुमिकामा मात्रै हैन चेतना स्तरमा समेत बिशेष प्रभाव उमेरले गर्दछ।
सयुक्त अधिराज्यबाट प्रकाशित पिक पर्फमेन्स जोर्नलमा एण्ड्रो हामिल्टनले तयार गरेको एक बिशेष लेखमा समेत उमेर अनुसार कसरी मानसिक धारणा विकास गर्ने भन्ने बारेमा वर्णन गरेको पाईन्छ ।लेखक हामिल्टन अगाडी लेख्छन ’सामान्यतया जब उमेरको बढ्दो अवस्थामा दाँत, छाला र मांसपेशीमा मात्रै परिभाषा गरिराखेका हुन्छन।तर ती कुराहरूले मानिसको मनोविज्ञान पनि परिवर्तन हुन्छ’ । यद्यपि सबै खेलकुदमा समावेश खेलाडीको स्तर र पहिचान उमेर समुहले निर्धारण गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको धारणामा एकरुपता रहेको छ।
औषत चुनौतीपूर्ण योजना र परिकल्पना गर्न उमेरको विकास हुनुपर्ने तथ्यलाई निकै महत्वका हेर्न सकिन्छ।मस्तिष्क गतिविधिमा रचनात्मक र सकारात्मक सोच बिकास गर्न मनोविज्ञानको जति भुमिका रहन्छ त्यति नै सक्रिय मांसपेशीको पनि सवाल रहन्छ। सापेक्ष उमेरको कारणले खेल प्रदर्शनको एक निश्चित स्तरको पहिचान गर्नुका साथै प्रतिभा पहिचान बलियो आधार स्तम्भ रहने कुरामा दुइमत छैन।उमेरका साथ हेरिएको खेलगतिविधीमा शारीरिक क्षमता अपरिवर्तनीय तथ्य मान्न सकिन्छ।
FACEBOOK COMMENTS