असोज १८ , काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रवारदेखि (असोज २२) खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टदेखि कम्पनीले खसी बोका बिक्री वितरण सुरु गर्ने लागेको हो।
कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसी बोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसी बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसी बोका मात्रै बिक्री वितरण गर्न लागेको हो ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।
FACEBOOK COMMENTS