काठमाण्डौँ — घलेम्दी हाइड्रो लिमिटेडको शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।
घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।
सहमतीसंगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भएपश्चातधितोपत्र केन्द्रीयनिक्षप सेवानियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS