काठमाडौँ, आश्विन २ – खेतमा घाँस काट्दा काट्दै ढलेपछि बेहोस भएका मोरङको रंगेलीका एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली नगरपालिका–२ का ७२ वर्षीय कृष्णप्रसाद चौलागाईंको बिहीबार साँझ मृत्यु भएको हो। गाईलाई घाँस लिन खेतमा गएका उनी घाँस काटेकै ठाउँमा ढलेर बेहोस बनेका थिए।
उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा साँझ ७ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।
FACEBOOK COMMENTS