काठमाडौं– सरकारले भन्सार चुहावटमा संलग्न कर्मचारीलार्इ कारवाही गर्न थालेपछि कर्मचारी आकर्षक भनिने भन्सारमा पनि जान आनाकानी गरिरहेका छन्।
भन्सार जाँचपासमा कर्मचारी समेत तानिन थालेपछि कर्मचारीले जान अस्विकार गर्न थालेका हुन्।
कुनै बेलामा भन्सार जान हानाथाप हुन्थ्यो।
राम्रो भन्सार कार्यालय जान मन्त्रीदेखि राजनीतिक दलसम्मका नेतालार्इ पैसा बुझाएर जान मरिहत्ते गर्थे।तर अहिले पठाउन खोज्दा कोही जान तयार देखिदैनु अर्थमन्त्रालयका एक अधिकारीले बताए ।
भन्सार कार्यालयबाट कर्मचारीकै मिलेमतोमा गलत काम हुने क्रम नरोकिएपछि उनीहरु माथि नै निगरानी बढाइएको हो
विभागले केही दिन अघि मात्रै रसुवागढी भन्सार कार्यालय हुँदै नेपाल भित्रिएका ८ वटा ट्रक नियन्त्रणमा लिएको थियो ।
त्यस्तै भारतबाट दुधलगायतका उपभोग्य वस्तु बोकेर नेपालगञ्ज भन्सार हुँदै भित्रिएको गाडीमा ल्याइएको सामानको भन्सार नतिरी सामान काठमाडौं आइपुग्नै लाग्दा थानकोटबाट प्रहरीले नियन्त्रणमा लियो।
यो गाडीमा ल्याइएको सामानको धनगढीबाट किनेको भन्दै नक्कली कागजपत्र तयार गर्दा प्रकाउ परेका थिए । यस्ता घटनामा कर्मचारी तहैबाट लापबार्हि देखे पछि अर्थमन्त्रालय तातेको हो ।
अर्थ मन्त्रालयका अनुसार यस्तै घटनाले राजस्व प्रशासनका दुई उपसचिव, तीन सहसचिव र एक नायब सुब्बा जिम्मेवारी विहीन छन्।
FACEBOOK COMMENTS