बसन्त अर्याल
काठमाण्डौं– माफियाहरु साल्ट टे«डिङ कर्पोरेशनलाई तहसनहस बनाउन लागि परेका छन् ।
सरकारको स्वमित्व भएको साल्ट टे«डिङलाई डुवाउने र चिनी, नुन लगाएतका अतिआवश्यक समानमा उपभोक्ता लुट्न माफियाले चलखेल शुरु गरेका हुन् ।
सरकारले माफियाको जालमा परि गत भदौमा चिनी आयतमा प्रतिवन्ध लगाउँदा नेपाली उपभोक्ता मारमा परेका थिए ।
चिनी माफियाले सस्तोमा पाकिस्तानबाट चिनी भित्राई नेपालको उत्पादन धेरै भयो भन्दै प्रधानमन्त्रीलाई बन्देज लगाउन लविङ गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यवसायीले आफुलाई झुक्काएको अभिव्यक्ति दिए पछि चिनीमा माफियाको चलखेल भएको प्रमाणित भएको छ ।
दशै तिहारको बेला सरकारलाई चिनीमा बन्देज लगान भनी उपभोक्ताको डाढ सेकेका व्यवसायी साल्ट टे«डिङलाई चिनी बेच्नबाट समेत रोक्न सके ।
साल्ट टेड्रिङले भारतबाट मगाएको चिनी विरगंज भन्सारमै रोकिदाँ दशै तिहारमा साल्ट टे«डिङले उपभोक्तालाई सुपथ मुल्यमा चिनी विक्री गर्न सकेन ।
तिनै चिनी माफिया फेरी सार्वजनिक निजी उद्यमको रुपमा स्थापना भएको साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडले बिक्रि गर्दै आएको आयोडिन नुनमा आँखा लगाएका छन् ।
२०२० सालदेखी साल्ट ट्रेडिंगले सर्वसाधरणको लागि गुणस्तरीय आयोडिनयुक्ति नूनको बिक्रि वितरण गर्दै आएको छ ।
नेपालमा नेपाल सरकारको प्रत्यक्ष नीति नियम र निर्देशनमा रही साल्ट ट््रेडिंग कर्पोरेशनले नूनमा आयोडिन मिश्रण गरेको खाद्य ऐन २०२३ को गुणस्तरको परिधिमा रही सहज र सुलभ आपूर्ति तथा बितरण प्रणालीको माध्यमबाट नेपाली जनतालाई आयोडिनयुक्त नून सहुलियत दरमा आपूर्ति गर्दै आएको छ ।
उपभोक्त ठग्ने माफियाहरु विदेशबाट कमसल नुन ल्याउने र नेपाली उपभोक्तालाई विक्रि गर्नको लागि, सरकार तथा कर्मचारीलाई भ्रममा पारी केही व्यापारीले नूनका कारोवारमा साल्ट ट्रेडिंग कर्पोरेशनको एकाधिकार हटाउने दुषित षडयन्त्र गर्न थालेको बुझिएको छ ।
राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सीमावर्ती नेपाली बजारमा अहिले पनि भारतमा कवाडीमा बेचिने नूनलाई आकर्षक ढंगले प्याकिंग गरी भारतीय रुपैयां १६ प्रति किलो उल्लेख गरी १० नेपाली रुपैयां बिक्रि गरी आम नेपाली उपभोक्तालाई आयोडिन रहित गुणस्तरहिन नून नाटकीय रुपमा सस्तोमा बेच्ने गरेको बताएका छन् ।
हाल नेपाली बजारमा नेपाल सरकारकै गुणस्तरीय मापदण्ड भित्रको ५० पि.पि.एम. आयोडिन सश्रिमण भएको ९६ प्रतिशत सोडियम क्लोराइडको मात्रा भएको आयोडिनयुक्त नून सर्वसाधरणले २० रुपैयां प्रति किलोमा उपभोग गर्दै आएका छन् ।
२०६१ सालमा सर्वोच्च अदालतले समेत नूनको आयात साल्ट ट््रेडिंग कर्पोरेशन लि.लाई भएको आदेश सुनाएको थियो ।
त्यस्तै २०७३ सालमा आपूर्ति मन्त्रालयले पनि आयोडिनयुक्त नूनको आयात, आपूर्ति व्यवस्थापन तथा बिक्रि बितरणमा अझै नेपाल सरकारको प्रत्यक्ष नियन्त्रण र निगरानी अत्यन्त आवश्यक भएको र यो व्यवस्था साल्ट ट््रेडिंग कर्पोरेशन लि. मार्फत नै गर्ने भनेको थियो ।
यदि नूनको आयात केहि माफियालाई दियो भने नेपाली जनताले शुध्द र गुणस्तरीय नून उपभोग गर्न त परै जावस उचित मूल्यमा समेत सहज र सुलभ रुपमा पाउन कठिन हुने उपभोक्ता मञ्चका अध्यक्ष प्रेम महर्जनको दावी छ ।
FACEBOOK COMMENTS