काठमाण्डौँ — गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।
जावलाखेलको खेल मैदान बिहीबार सुरु भएको प्रदर्शनी ४ दिन सम्म रहने छ ।
यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ।
पुष्प व्यवसाय प्रवर्द्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु(याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो।
नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरीएको हो।
मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन्।
३६ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS