काठमाण्डौँ — स्तरोन्नतिका लागि बन्द जुम्ला विमानस्थल मर्मत नसकिँदै खुला गरिएको छ ।
कात्तिक ८ बाट पूर्ण रूपमा बन्द विमानस्थल शुक्रबारबाट फेरी सञ्चालनमा आएको छ ।
त्यहाँको चिसोमा पिच गर्न नसकिने भएकाले मंसिरभित्रै मर्मतको काम सक्ने तयारी गरिएको थियो ।
चिसो बढेको र मर्मतको काम नसकिएको भन्दै विमानस्थलमा उडान सुचारु गरिएको हो ।
हाल विमानस्थलको ५० प्रतिशत मात्रै काम सकिएको विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।
रनवेमा रहेको सेतो संकेत गर्ने काम सकिएकाले विमानस्थल खुला गरिएको हो ।
विभिन्न समस्याका कारण झन्डै दुई महिना लगाएर पनि मर्मतको काम नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS