काठमाडौं, भदौ ३०। ज्योति विकास बैंक र टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिबीच कर्जा सम्झौता भएको छ ।
टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकाश बैंकको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ ।
उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।
सिप्रदी अर्थमुभर्स प्रालिले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।
FACEBOOK COMMENTS