काठमाण्डौँ — विभागले कसुरअनुसार उपभोक्ता ठगी गर्ने व्यवसायीलाई पाँच हजारदेखि तीन लाख रूपैयाँ जरिवाना गरेको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो आठ महिनामा १३ सय ८१ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ ।
विभागले काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ९५ वटा फर्ममा अनुगमन गरेको छ ।
सो अवधिमा उपभोक्ता ठगी गर्ने १ सय ४ व्यावसायिक फर्मलाई कारबाही गरी २७ लाख ३० हजार रूपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।
कात्तिकदेखि उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएसँगै विभागले १ सय ४ व्यावसायिक फर्मलाई जरिवाना गरेको छ ।
विभागका निर्देशक पवनकुमार तिमिल्सेनाले आठ महिनाको अवधिमा मुलुकभर १३ सय ८१ व्यावसायिक फार्ममा अनुगमन गरिएको बताए ।
— कारोबार
FACEBOOK COMMENTS