काठमाण्डौँ — सरकारले आधा दर्जनभन्दा बढी आयोजनामा एक खर्ब २२ अर्ब रुपैयाँ खर्चेर दुई लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने भएको छ।
चार वर्षमा सम्पन्न गर्ने गरी तयार पारिएको उक्त योजनाले सिँचाइ नपुगेका क्षेत्रमा यो सुविधा उपलब्ध गराउने छ।
सिँचाइ विभागले कार्यान्वयनमा ल्याएको एकीकृत ऊर्जा तथा सिँचाइ योजना कार्यक्रमबाट यो परियोजना कार्यान्वनयमा लैजाने भएको छ।
अबको तीन महिनाभित्र विभागले सिँचाइ गुरुयोजनासमेत तयार पार्दै छ।
यो परियोजनासमेत गुरु योजनाभित्र पर्ने गरी तयार पारिएको सिँचाइ विभागका उपमहानिर्देशक कृष्ण बेल्बासेले बताए।

दुई लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सरकार परियोजना सुरु भएको वर्ष २०७६र७७ मा २४ अर्बे खर्चगर्ने योजना तयार पारेको छ।

— नागरीक