एजेन्सी
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । भने रुसले डब्ल्यूएचओलाई बताईरहन जरुरी नभएको जनाएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गरेको भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन भनेका छन् ।
भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ, डब्ल्यूएचओको दावि छ । तर रुसी राष्ट्र पति पुटीनले सबै ट्रायल पूरा भैसकेको र बाहिरी अरु निकाय संग अनुमतिको जरुरी नभएको बताएका छन् ।
गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।
FACEBOOK COMMENTS