काठमाडौं, भदौ १८ । नेपाल राष्ट्रबैंकले बुधबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको छ । मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा थियो । आज अमेरिकी डलरलगायत सबै विदेशी मुद्राको भाउ बढेको छ ।
बुधबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा थियो ।
यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा तोकेको छ । मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा थियो ।
बुधबार ओमानी रियालको खरिददर एकको २९९ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर २९७ रुपैयाँ ६३ पैसा थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा थियो ।
यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । मंगलबार यसको १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा थियो । हेर्नुहोस अन्य देशको भाउ :
FACEBOOK COMMENTS