अन्जनराज न्यौपाने तनहुँ, २४ असार – जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमित मध्ये म्याग्दे गाउँपालिकाका- २९ वर्षीय पुरुष भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । उनका अनुसार, भारतबाट आएर संक्रमितहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका हुन्।योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या भने ९५ जना पुगेको प्रजिअ अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS