काठमाडौँ — चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका खुलाउन सडक लगायत पूर्वाधार विकासको काम थालिएको छ ।
२०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आयात–निर्यात व्यापारबाट वार्षिक २० अर्ब रुपैयाँ कारोबार हुने यो नाका बन्द रहँदै आएको छ ।
सन् २०१९ मेदेखि नाका सञ्चालनमा ल्याउने नेपाल–चीन सहमतिअनुसार पहिरो तथा नदी कटान नियन्त्रण, सडक स्तरोन्नति तथा पुलपुलेसा निर्माणको काम अघि बढाइएको हो ।
नाका खोल्न सकारात्मक चीन आफैं पूर्वाधार निर्माणमा कस्सिएको छ ।
नेपाल सरकारले नाका जोड्ने सडकको नदी कटान तथा पहिरो नियन्त्रणका लागि आवश्यक तयारी थालिसकेको छ ।
नाका सञ्चालनमा ल्याउन सबैभन्दा क्षतिग्रस्त अरनिको राजमार्गको २६ किलोमिटर लामो बाह्रविसे–तातोपानी खण्डमा काम भइरहेको छ ।
— नागरकि
FACEBOOK COMMENTS