काठमाडौँ — गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार गण्डकी विकास बैंकका सम्पूर्ण ग्राहकहरूले मुलुकभर फैलिएको ७७ वटै शाखाबाट बिमालेखहरू लिन, बिमाशुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानी सुविधाहरू उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले गण्डकी बिकास बैंकका सम्पूर्ण शाखाहरूमार्फत प्राप्त गर्न सक्नेछन् ।
बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरूलाई सहज र सरल रूपमा आफ्ना ७७ वटा शाखाबाट पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS