काठमाण्डौँ — ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि हवाइ उडान हुने भएको छ ।
समिट एयरले उडान गर्ने भएको हो ।
समिटले गत चैत अन्तिम सातादेखि उडान स्थगित गरेको थियो ।
सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधि प्रकाश लामाले बताए ।
लामाका अनुसार टिकट बुकिङ खुला भएको छ ।
भाडादर भने ७ हजार छ सय रुपैयाँ निर्धारण गरिएको लामाले बताए ।

त्यहाँ नेपाल वायु सेवा निगम र समिट एयरले उडान गर्दै आएका थिए ।

निगमले भने जहाज बिग्रिएको भन्दै उडान तालिका सार्वजनिक गरेको छैन ।

— कान्तिपुर

FACEBOOK COMMENTS