काठमाण्डौँ — काठमाडौं महानगरपालिकाले झन्डै एक दर्जन विभाग र महाशाखालाई विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरेको छ ।
भाडाको घरमा सबै विभाग र महाशाखा व्यवस्थापन गर्न समस्या भएपछि स्थानान्तरण गरेको हो ।
२०७२ सालको शक्तिशाली भूकम्पले महानगरपालिकाको मुख्यालय वागदरबार क्षतिग्रस्त भएपछि कार्यालय व्यवस्थापनमा अस्तव्यस्त देखिएको कामपाले ३ वर्षपछि विभिन्न कार्यालय खाली रहेका सरकारी कार्यालयमा सारेको हो ।
कामपामा रहेका १३ विभागमध्ये अधिकांश मुख्यालय बाहिर स्थानान्तरण गरिएको छ ।
देशको एक मात्रै पुरानो र पहिलो महानगरपालिका स्वयं भाडाको घरमा बस्दै आएको छ ।
सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन केही विभाग र महाशाखा खाली रहेका विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
— नेपाल समाचारपत्र
FACEBOOK COMMENTS