काठमाण्डौँ — काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन शनिबार सम्पन्न भएको छ ।
भारतीय दूतावासद्वारा क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा काठमाडौंमा यो सम्मेलन दोस्रो पटक शनिबार आयोजना गरिएको थियो।
यस अघि काठमाडौंमा सन् २०१८ मा यो सम्मेलन भएको थियो।
नेपाल तथा भारतका उद्यमी, लगानीकर्ता, प्रवर्द्धक, व्यवसायिक सल्लाहकारको सहभागीतामा यो सम्मेलन हुने गरेको छ।
सम्मेलनमा भारतबाट ५ र नेपालबाट १५ जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु र लगानीकर्ताले सम्बोधन गरेका थिए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS