काठमाण्डौँ — उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्।
उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए।
पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्।
कतिपय उद्योगहरू उखु खरिद गर्नका लागि किसानलाई चलान पुर्जी बाडेर सञ्चालनको तयारीमा जुटेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए।
— नागरीक
