काठमाडौं, माघ ५ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको हो ।
आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै ४४५.६० विन्दुमा पुगेको छ । आज कूल १ सय ९५ कम्पनीको २८ लाख ८४ हजार ४ सय ४६ कित्ता शेयर १ अर्ब ४७ करोड ८१ लाख १५ हजार २ सय ३८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS