काठमाडौं ।नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले एक्जीम कोडको नविकरण पाँच बर्षका लागि हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । अहिले व्यापारिक फर्म कम्पनीहरुलाई उक्त सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्था गर्न अनुरोध गरेको छ । कोभिड-१९को कारण समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा भएको छलफलमा नाडाले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई यस्तो आग्रह गरेका हुन् ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको जानकारी गराउँदै सवारी साधनको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याका बारेमा जानकारी गराउनुभयो । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराउनु भयो । नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याका बारेमा पनि जानकारी गराउनुभयो । छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्नुभयो । यस्तै विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरु छन् त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन अनुरोध गर्नुभएको छ ।
FACEBOOK COMMENTS