काठमाण्डौँ — ‘निक इलेक्ट्रो–टेक २०१८’ राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको छ ।
नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका छन् ।
प्रदर्शनीमा ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, वायरिङ सामग्री, फिक्चर्स, हाउसहोल्ड उपकरण, कार्यालय प्रविधिहरू राखिएका छन् ।
प्रदर्शनीका संयोजक तथा महासंघका प्रथम उपाध्यक्ष सुदर्शनप्रसाद पौडयालका अनुसार विद्युतीय सामग्रीको प्रयोग बढिरहेको जनाउँदै यसबारे जानकारी दिन प्रदर्शनी आयोजना गरेको बताए ।
मेला पुस १० गतेसम्म चल्नेछ ।
FACEBOOK COMMENTS