काठमाडौं – ‘नेपाल चेम्बर एक्स्पो २०१८’ भृकुटी मण्डपमा शुरु भएको छ ।
नेपाल चेम्बर अफ कर्मसले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले ५ दिन सम्म उक्त एक्स्पोको आयोजना गर्न लागेको हो ।
उक्त मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगाएत देशका १९० वटा स्टल रहने आयोजकले बताएका छन् ।
मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्न्सििङ, होम अप्लायन्स, फेसन वेर एण्ड एसेसरीज, मोबाइल ग्याजेटस्, एफएमसीजी लगायतका स्टल रहनेछन् ।
मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिइने चेम्बरले जनाएको छ ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उक्त प्रदर्शनीको प्राथमिकता रहेको छ ।
प्रदर्शनी मार्फत निकासी योग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गरिने चेम्बरले बताएको छ ।
मेलामा म्यानम्यारको म्यानम्यार उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
FACEBOOK COMMENTS