काठमाडौँ — नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौंता भएको छ ।
बैंककमा भएको सम्झौंतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताए।
‘नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शुन्य भन्सारमा निकासी हुन पाउँछ।
— नागरीक
