काठमाडौं, भदौ १५ । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ ।
एन।बी।आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
बैकिङ्ग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनबीआई र नेपालको बैकिङ्ग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक बीच भएको समझदारीबाट बैंकको मानव पूँजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।
FACEBOOK COMMENTS