काठमाण्डौँ — नेपालमा कफी लगानी सम्मेलन हुने भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सम्मेलन गर्न लागेको हो।
कफीखेतीतर्फ निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले आगामी मार्चमा सम्मेलन गर्न लागिएको निर्देशक दिपक खनालले बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा आठ हजार मेट्रिक टन नेपाली कफीको माग छ।
तर, नेपालको उत्पादन कुल पाँच सय १३ मेट्रिक टन मात्रै छ।
यसैबीच नेपालमै पहिलोपटक कफी क्यू ग्रेडिङ तालिम सञ्चालन हुने भएको छ।
नेशनल कफी एकेडेमीले फागुन ७ गतेदेखि एकसाता लामो अन्तर्राष्ट्रियस्तरको कफी क्यू ग्रेडिङ तालिम सञ्चालन गर्न लागेको हो।
त्यस्तै माघ २९ गतेदेखि फागुन ३ गतेसम्म कफीसँग सम्वन्धित ब्रुइङ फाउन्डेसन र इन्टरमिडिएट तालिम पनि सञ्चालन हुने आयोजकले जनाएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS