काठमाडौं,६ फागुन –कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बिउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छिन् । उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।
‘धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया सुरु भएको छ,’ उनले भनिन्, ‘किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।’ आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।
FACEBOOK COMMENTS