काठमाडौं, वैशाख २६ । बेलायतले नेपाललाई ‘रेड जोन’मा राखेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको समयमा बेलायतले नेपाललाई ‘रेड जोन’ राखेको हो ।
बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखेको घोषणा गरे । उनले भने, ‘यी मुलुकहरुमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरेकोले अस्थायीरुपमा यात्रामा प्रतिबन्ध लगाइएको हो ।’
बेलायले यात्रामा ल्याएको नयाँ नियम मे १७ देखि लागु हुने बताइएको छ । रेड जोनबाट आउने बेलायती नागरिकले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने छ ।
यसअघि मलेसियाले पनि नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । यसैगरी, जापानले नेपालबाट जाने यात्रुलाई कडाई गर्ने र अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने नियम लागु गरिसकेको छ ।
खासगरी, भारतमा जस्तै नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा विदेशी मुलुकले धमाधम यात्रामा प्रतिबन्ध लगाउन लागेका हुन् ।
FACEBOOK COMMENTS