काठमाण्डौँ — सरकारले पाँच वस्तुमा गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा बिहीबार बसेको गुणस्तर परिषद्को बैठकले मापदण्डलाई स्वीकृत गरेको हो ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बैठकले ग्रिन कफी, पानीको मिटर, कर्कट तथा जस्तापाता, मोटरसाइकलको हेल्मेट, स्टिल तथा स्टिलजन्य पदार्थलगायतको मापदण्ड स्वीकृत गरेको हो ।
‘मुलुकभित्र अर्गानिक ग्रिन कफी उत्पादन भए पनि मापदण्ड थिएन ।
ग्रिन कफीको मापदण्डमा उत्पादनदेखि प्याकेजिङ र निर्यातमा ध्यान दिनुपर्ने प्रावधानहरू उल्लेख रहेको उनले बताए ।
कफीबाहेक पानी मिटर (घरायसी) को पनि मापदण्ड परिषद्बाट स्वीकृत भएको छ ।
प्राविधिक समिति सदस्य एवं उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पाँच वटै वस्तुको गुणस्तर भारतीय मापदण्डका आधारमा बनाइएको बताए ।
महानिर्देशक पुडासैनीका अनुसार परिषद्बाट स्वीकृत भएपछि अब सरोकारवाला निकायसँग छलफल गरिनेछ ।
मापदण्डको विषयमा जानकारी दिइनेछ ।
त्यसपश्चात् मन्त्रिपरिषद्मा पेस हुन्छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS