काठमाडौं- पिपल्स पावर लिमिटेड र नेपाल बङ्गलादेश बैङ्कबिच ऋण लगानी गर्ने सम्झौता भएको छ ।
पिपल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिका वाड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा दोश्रो जलविद्युत आयोजना ऋण लगानी गर्न बैङ्कसँग सम्झौता गरेको हो ।
९० करोडको कुल लागत रहने उक्त आयोजनामा बैङ्कले ६० करोड ऋण लगानी गर्ने सम्झौता भएको हो । बाँकी ३० करोड प्रबर्द्धकहरुको तर्फबाट स्वपूँजी लगानी भई आयोजना सम्पन्न हुने आयोजना निर्माण कम्पनी पिपल्स पावर लिमिटेडले जानकारी दिएको छ ।
४ दशमलव ९६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन हुने विद्युत विक्रीका लागि नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरीद विक्री सम्झौता भई विद्युत उत्पादन अनुमति पत्र समेत कम्पनीले प्राप्त गरिसकेको छ ।
FACEBOOK COMMENTS