काठमाडौँ, भदौ २८ – पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमित बढिरहेको अवस्थामा काठमाडौंको पुरानो बसपार्कमा खान खान आउनेको भिड घट्नुको साटो बढिरहेको छ । यस्तो भिडबाट कोरोनाको जोखिम कति हुन्छ ? कसैले हेक्का राखेको छैन ।
एकातिर उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको दर उच्च देखिन्छ भने अर्कातिर रोजगारी गुमाएकाको संख्या पनि बढ्दा बसपार्कमा खाना खानका लागि पुग्नेहरु दिनहुँ बढेकै छन् । रत्नपार्कनजिकै रहेको पुरानो बसपार्कमा विभिन्न संघ-संस्था, कलाकार, एवं दयालु दाताहरुले नि:शुल्क खाना खुवाउने ठाउँमा पुगेका ती पीडितको भिड बढे पनि संक्रमणको जोखिम भन्दा पनि पेट भर्न लालयित रहेको देख्न सकिन्छ । भिडमा मजदुर तथा सर्वसाधारण कोरोनाको जोखिम मोलेरै भए पनि भोको पेट भर्न आउने गरेका छन् ।
महामारीका बेला रोजगारी गुमाएर सडकमा पुगेका सर्वसाधारणका लागि सरकारी पक्षबाट न्यून भए पनि सहयोग नपाएको उनीहरुको गुनासो छ । यसरी दैनिक खाना खानैका लागि जम्मा हुने भिडबाट कोरोना संक्रमणको जोखिम उत्तिकै बढेको पाउन सकिन्छ । तसर्थ यसतर्फ समयमै सबै सजग हुन सके संक्रमण रोक्न सहज हुने देखिन्छ ।
FACEBOOK COMMENTS