काठमाडौं, कार्तिक २३ – पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको पाटन अस्पतालमा निधन भएको छ । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसांसद लामा मिर्गौलाको रोगबाट पीडित थिए ।
गत सोमबार उनलाई निमोनियासमेत देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो । २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए । लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS