काठमाडौं – निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनमा राख्दै प्राथमिकतामा पारेको यो विमानस्थल निर्माण गति तीव्र रुपमा भइरहेको छ ।
धावनमार्ग पूरा भएको आयोजनाले बताएको छ । धावनमार्ग बाहेकका पूर्वाधार पनि धमाधम निमाण भइरहेको आयोजनाले बताएको छ ।
आयोजनाका अनुसार ‘सिमेन्ट कंक्रिट’ गरिएको धावनमार्ग पूरा भएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूरा भएको राष्ट्रिय गौरवका विमानस्थल हेर्दै आएको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए ।
भने, ‘तोकिएको भन्दा ६ महिनाअघि नै काम सक्नेगरी यो आयोजना पूरा गर्ने लक्ष्यका साथ कामले तीव्रता पाएको थियो ।
– नागरीक
FACEBOOK COMMENTS